तनहुँमा रास्वपाका वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५९०० मत प्राप्त गरेका छन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १६५७ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ । हालसम्म वडा नम्बर १,२,३,४,७ र १० को मतगणना सम्पन्न भइसकेको छ ।