गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलवार सरकार गठनका लागि आव्हानका गरेका थिए ।

सोही उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका प्रदेशसभा सदस्य पाण्डेलाई विहीबार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । कांग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

Translate »