नर्स आत्महत्या प्रकरण : आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी


काठमाडौं । बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन् । प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन् ।

मुद्दा परिसकेको छ अब प्रहरी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाउँछ कुँवरले भने सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका छन् । श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।
सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेको कुँवरले बताए । डाक्टर ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन् । श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो । आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । स्वास्थ्य खबर

