नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द गरिने

नेपालगञ्ज । बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमा नाका दुई दिन बन्द गरिने भएको छ । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने भएको हो । सीमा शील गरिएको अवधिमा एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच भएको छ ।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।

Translate »