प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलवार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

जितसँगै नेपाल एसिया कपमा छनोट भएको छ । नेपाल अब सेप्टेम्बरमा हुने एसियाका टेस्ट राष्ट्रसम्मिलित प्रतियोगिता एसिया कपमा खेल्नेछ ।

एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल एसिया कपको समूह ुएुमा परेको छ । एसीसी मेन्स प्रिमियर कपको विजेतालाई उक्त समूहमा राखिएको थियो । उक्त प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

Translate »