हुम्लामा गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि सल्लिसल्लामै थन्किए पाठ्यपुस्तक

बैशाख २१, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि पाठ्यपुस्तक सल्लिसल्लामै थन्किएका छन। गाउँपालिकाको चरम लापरबाहीका कारण चंखेली गाउँपालिका भित्र का १९ सय ८० बालबालिका पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन ।

शैक्षिक सत्र सुरू भएको महिना दिनसम्म गाउँपालिकाले सल्लिसल्ला बजार पुगेको पाठ्यपुस्तक नलिएपछि बालबालिकाहरू हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन ।

चैत २४ गते पाठ्यपुस्तक बुझेर चैत २७ गते चंंखेली गाउँपालिकाको सल्लिसल्ला बजार पुर्‍याए पनि गाउँपालिकाले नबुझेको पाठ्यपुस्तक खरिद र ढुवानी जिम्मा लिएका ठेकेदार मानदेव शाहीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्यारी लाल शाहीको आदेशका कारण गाउँपालिका पाठ्यपुस्तक नबुझ्न भनेपछि सल्लिसल्ला बजारको गोदामै थन्किएको मानदेव शाहीले बताए ।

सर्केगाड गाउपालिकाले सबै विद्याालय पुगिसकेको छ तर चंंखेली पाठ्यपुस्तक नबुझेर सल्लिसललाको गोदाममै थन्किएको शाहीले गुनासो गरे ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीसँग टेलिफोन सर्म्पर्क गर्दा उनी आउन नचाहेको ठेकेदार शाहीको गुनासो छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरू गाउँपालिका बाहिर सुर्खेत,नेपालगन्ज तिर रहेका छन । (एनटिभि)

Translate »