पेस्तोलसहित तीनजना पक्राउ

बाँके । बाँके सदरमुकाम नेपालगन्जबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल, बाँकेको गेरुवा गाउँपालिका–५ का ३२ वर्षीय सागर शाह र बाँकेकै कोहलपुर नगरपालिका–९ का २९ वर्षीय धर्म पुन रहेका छन् ।

मंगलबार राति नेपालगन्जस्थित धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनको साथबाट मेड इन युएसए लेखिएको स्वचालित पेस्तोलसहित एक राउण्ड गोलीसमेत बरामत गरेको छ । उनीहरुले प्रयोग गर्दै आएको बा ११ च ८०० नम्बर कार तथा १७.५ ईन्च लामो खुकुरीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी गरेको छ । मुलुकी अपराध (संहित) ऐन, २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Translate »