मार्सी धानमा झारनासक औषधि ‘ब्युटाक्लोर’ प्रयोग गर्न रोग

बैशाख २८, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले मार्सी धानमा झारनासक औषधि ‘ब्युटाक्लोर’ प्रयोग गर्न रोग लगाएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै १ देखि ६ वडा भित्रका किसानलाई धानमा झारनासक औषधि‘ब्युटाक्लोर’ प्रयोग नगर्न अपिल गरेको हो ।

२०७९र१२र२१ गते बसेको गाउँ कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो। सिंजा गाउँपालिका अन्तर्गतको कृषि शाखा प्रमुख मनिसा बुढाका अनुसार आउदो जेठ महिनाको पहिलो सातादेखि जुम्लामा मार्सी धान रोप्न सुरु हुन्छ। सोही समयलाई लछित गरि वैशाख २४ गतेदेखि सबै वडाका सम्पूर्ण किसानलाई जानकारी दिइएको छ।

बुढाले भनिन्,‘मार्सी धानमा झारनासक औषधि’ ब्युटाक्लोरु प्रयोग नगर्न सुझाइएको छ। धानमा झार मार्न प्रयोग गरिने रासायनिक विषादीले फलफूल बगैंचामा तथा अन्य बालीमा नकरात्मक असर पुर्‍याउने हुनाले प्रयोग नगर्न भनिएको हो।,’

कार्यपालिकाको नियम नमानी रासायनिक विषादी प्रयोग गरेमा तथा बिक्री वितरण गरेमा सिंजा गाउँपालिकाको कार्यपालिकाको नियम अनुसार कारबाही हुनेछ। विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरिएको हो ।

विसं २०६४ वैशाखमा भएको १४ औँ जिल्ला परिषद्ले जुम्ला जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको छ। लुकीछिपी ब्युटाक्लोर लगायतका रासायनिक विषादी प्रयोग भएको र बिक्री वितरण गरिएको जानकारी आएकाले किसानलाई सचेत गराउँदा समेत बढी मात्रामा प्रयोग भएको उनले बताइन् ।

कृषि विकास कार्यालय र गाउँपालिका अन्तर्गतका कृषि शाखाले पनि बारम्बार ब्युटाक्लोर प्रयोग नगर्न किसानलाई आग्रह गरे पनि किसानले सूचनाको अटेर गरी आफ्नो मनोमानी धानमा ब्युटाक्लोर प्रयोग गर्दा पछि गएर धानको डाँट कुहिने समस्या देखिने गरेको कृषि कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुन्छ। मार्सी धानसहित अर्गानिक बालीको रासायनिक विषादीको विकल्प अर्गानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि किसानले माग गर्दै आएका छन्। (नागरिक न्यूज)

Translate »