२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 9, 2026

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला



काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।  शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ । थप जानकारी आयोगको वेबसाइट www.tsc.gov.np बाट लिन सकिनेछ । अनलाईन खबर

 

प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार
Translate »