हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने

![]()
जेठ ५, काठमाडौं । आर्थिक वर्ष ०७९र८० को निति तथा कार्यक्रममा हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने भनिए पनि त्यो पूरा हुन सकेको छैन । चालु आर्थिक वर्षमा पनि हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिने भएको छ ।जुन सडक खण्ड उत्तर–दक्षिण ९कर्णाली करिडोर० भित्र पर्छ । ७७ जिल्लामध्ये हुम्ला मात्र सडक सञ्जालमा जोडिएको छैन ।

चालु आर्थिक वर्षमै जोड्ने गरी काम थालिए पनि अप्ठ्यारा भीर फोरेर सडक बनाउन धेरै समय लागेकाले आगामी आर्थिक वर्षको फागुनसम्म हुम्ला सडक सञ्जालमा जोडिने दाबी सडक विभागको छ ।
आर्थिक वर्ष ०८०र८१ को निति तथा कार्यक्रममा पनि आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जलासँग जोडिने जनाइएको छ । त्यस्तै आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेशको केन्द्र वा नजिकको राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोडिने छ । इकान्तिपुर

