दार्चुलाकी सुत्केरीको सुर्खेतमा उपचार
सुर्खेत । दार्चुलीकी सुत्केरी र शिशुको हेलिकोप्टरबाट उद्दार गरि उपचारका लागि सुर्खेत ल्याईएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, उकुकी २७ वर्षीया पुष्पा महरा र उनको शिशुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि उपचारका लागि सुर्खेत ल्याईएको हो ।
आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माउनु भएको थियो । ७ महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याईएको हो । अहिले सुत्केरी र शिशुको अवस्था सु्धारोन्नमुख भईरहेको प्रदेश अस्पताल प्रशासनले जनाएको छ ।