सुर्खेतका दुई पत्रकारसहित १९ जना पुरस्कृत

काठमाडौं । सुर्खेतका दुईसहित १० पत्रकार, प्रशिक्षक, खेलाडी पुरस्कृत भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक समारोह आयोजना गरेर राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

पुरस्कृत पत्रकार, खेलाडीलगायतलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र र नगद प्रदान गरे ।

पुरस्कृत हुने पत्रकारमा ललितबहादुर बुढा, ज्योति कटुवाल, सुवास विडारी, दिपक परियार, अर्जुनकुमार सुवेदी, संजीवकुमार शाह, धनबहादुर गुरुङ, विजय नेपाल, पूर्णबहादुर खड्का, सिताराम कोइराला रहेका छन् ।

यस्तै खेलाडी तर्फ विश्व बुढामगर, मिना ग्लान, गिता विष्ट, निरज देउवा, प्रेमकुमार दर्नाल, रामबहादुर तामाङ, तारा श्रेष्ठ गुरुङ, दिपेन्द्र ढकाल, खेल चिकित्सक प्रा. डा.नवीसमानसिंह प्रधान पुरस्कृत भएका हुन् ।

Translate »