राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलाई अर्जेन्टिना र रुसका आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका आवासीय राजदूत डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

