राष्ट्रिय उपभोक्ता मञ्च जाजरकोट पुर्नः गठन

जाजरकोट । राष्ट्रिय उपभोक्ता मञ्च जाजरकोट जिल्ला कार्य समिति पुर्नः गठन गरिएको छ । मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा बयकको आथित्यतता तथा अधिकारकर्मी नवराज सिंहको अध्यक्षतामा आयोजना गरिएको भेलाबाट जाजरकोट जिल्ला कार्य समिति पुर्नःगठन गरिएको हो ।

उपभोक्ता अधिकारकर्मीहरुको भेलाले छविराज सिंहको अध्यक्षतामा ७ सदस्यीय नयाँ जाजरकोट जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मोहन खड्का, सचिव रेखा केसी, सह–सचिव दिपेश सिंह, कोषाध्यक्ष नरबहादुर जैसी तथा सदस्यमा मोतिलाल ओली र प्रेमबहादुर कार्कीलाई भेलाले चयन गरेको हो ।

नव निर्वाचित कार्य समितिले जिल्ला प्रशासन कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय एवं जिल्लाका ७ वटै पालिकासँग मिलेर उपभोक्ता हक, हित र अधिकार प्राप्तिका लागि दवावमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

भेलाले नवराज सिंहको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा कर्णबहादुर खत्री तथा कानूनी सल्लाहकार सदस्यमा सहदेव जंग शाह रहेका छन् ।

Translate »