अनलाइनको माध्यमबाट यौन दुर्व्यवहार गर्ने जुम्लाका रावत पक्राउ

काठमाडौं । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरर यौन दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका–९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमार्फत महिलालाई साथी बनाएर संवाद गरेको र ती महिलासँग संवाद गर्ने क्रममा स्क्रिन रेकर्ड गरेका थिए ।

त्यसपछि उनले महिलालाई पटक–पटक भेट्न बोलाएका थिए । तर महिलाले भेट्न नगएपछि उनले फेक आईडी मार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरी चरित्रहत्या गरेका थिए । त्यसपश्चात पीडित महिलाले ब्यूरोमा निवेदन दिएकी थिइन् ।

पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Translate »