कालिकोट जीप दुर्घटनामा दम्पत्तीको मृत्यु


 

सुर्खेत । कालिकोटको रास्कोटमा आज विहान जीप दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ ।

जिल्लाको रास्कोट नगरपालिका–१, सेरा बसपार्कमा ग ३ च– ४६१० नम्बरको जीप दुर्घटना हुँदा रास्कोट–१, लहरेला निवासी ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटना स्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

गाडी दुर्घटनामा सोही ठाउँका २२ वर्षीया रिता सिंह शाही गम्भिर घाइते हुँदा उपचारका लागि हेलिकोप्टरबाट उद्दार गरि प्रदेश अस्पताल सुर्खेत ल्याईएको छ ।

सेरा बसपार्कमा गाडी ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिनु भयो । उनका अनुसार गाडी सडकबाट करिव तीन सय मिटर तल खसेको छ ।

Translate »