लागु औषध दुरुपयोग तथा ओसार पसार चुनौतिपूर्ण बन्दै : मुख्यमन्त्री शर्मा

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले लागुऔषधको दुव्र्यसन तथा अवैध ओसार–पसार कर्णालीका लागि पनि चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।

गृह मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले लागु औषध दुरुपयोग तथा ओसार पसार बहुपक्षीय सरोकारको विषय भएकाले कर्णाली लागि पनि चुनौतिपूर्ण बन्दै गईरहेको बताएका हुन् ।

उनले लागु औषध दुव्र्यसन नियन्त्रण तथा नियमको समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई बहुपक्षीय समस्या भएकाले अब विद्यालयदेखि नै उन्मूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले लागुऔषध समस्या तथा अन्तरनिहित चुनौतिको तुलनामा हालसम्म गरिएका प्रयासहरु पर्याप्त नहुनु, खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूर्ण बताए ।

कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसक्दा अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोतसाधन सम्पन्न पार्न नसकेको समेत उनले स्वीकार गरे ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कानुनको सफल कार्यान्वयनसँगै रोकथाम, नियन्त्रणका प्रयासलाई पनि जनस्तरसम्म पु¥याउन नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे ।

गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले लागुओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको औल्याईन् ।

उनले देशैभर अहिले करिब ७ लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लागुऔषधको दुव्र्यसन कुलतमा फसेको अनुमान गरिएको जानकारी दिईन् ।

कार्यक्रममा नेपाल प्रहरी लागु औषध नियन्त्रण व्यूरो प्रमु्ख एसएसपी गोविन्द थपालिया र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी गोपालचन्द्र भट्टराईले हाल देशभर लागु औषध दुव्र्यसन सम्बन्धि रोकथााम, नियन्त्रणका प्रयास तथा अवस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, विद्यालयका शिक्षक, स्वास्थ्य तथा औषधी क्षेत्रका विज्ञहरु, पुर्नस्थापना केन्द्रका सञ्चालक लगायतको सहभागिता रहेको थियो ।

Translate »