वर्ल्ड स्कूलको ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न


सुर्खेत । काठमाडौंको वर्ल्ड स्कुलले आयोजना गरेको ‘नेपाल टुर’ कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा आज भव्यताका साथ सम्पन्न भएको छ । ‘राम्रो भविष्यका लागि शिक्षा’ भन्ने मूल नाराका साथ ‘नेपाल टुर’ बृहत शैक्षिक कार्यक्रम सुर्खेतमा आयोजना गरि वर्ल्ड स्कुलले कर्णालीका नागरिकको मन जितेको छ ।

कार्यक्रममा विद्यालयका सञ्चालक ई.डा.मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको जानकारी दिए । उनले शिक्षामा देशको ठूलो लगानी विदेश पलायन भइरहेको देखेर आफुहरूले गुणस्तरीय शिक्षा विदेश भन्दा पनि स्वदेशमै दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको बताए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गणेश वस्नेतले गुणस्तरीय शिक्षाका लागि काठमान्डौं वर्ड स्कूलले उपत्यका बाहिरका विद्यार्थीहरुलाई शिक्षाको पहुँच बढाउन आयोजना गरेको नेपाल टुर क्रार्यक्रम महत्वपूर्ण भएको जिकिर गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशरबहादुर दुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वर्ल्ड स्कूलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिए । काठमाडौं वर्ल्ड स्कूलले यसअघि धरान, विर्तामोड़, इटहरी, दाङ्ग लगायतका स्थानहररुमा पनि यस्ता कार्यक्रम सम्पन्न गरिसकेको हाम्रा सहयोगी मानबहादुर वलीले बताए ।

Translate »