कर्णाली र हेटौडालाई यु-२० रग्बी सेभेन्सको उपाधि

इलाम । यु—२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले जितेका छन् ।

इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्बी क्लब र महिलातर्फ हेटौडाले १४—५ ले हिमालयन टाइगर रग्बी क्लबलाई हराउँदै उपाधि जिते । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्ब सिंह लिम्बु, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रिय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार प्रदान गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटौडाकी पुष्पा खड्का घोषित भइन् । उनीहरूले जनही ५ हजार प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नवीन दलार्मी र विडिसा राई घोषित भए । उनीहरूले जनही २ हजार पाँच सय प्राप्त गरे ।

]नेपाल रग्बी सङ्घको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ इलाम र माई नगरपालिकाले सहजीकरण गरेका थिए । प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्बी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ ।

Translate »