हुम्लामा ढुङ्गाले लागेर एक बालकको मृत्यु
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
जेठ २८, हुम्ला । हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ ।
आगलागी हुँदा रु एक लाख ६५ हजार बढीको क्षति
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
यसैबीच हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ । उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन । मिमी प्रहरी चौकीको टोलीले घट्नास्थलमा पुगेर क्षतिको विवरण लिएको छ । रासस