प्रदेशसभा अगाडि आन्दोलित ७ जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशसभा अगाडि आन्दोलित सात जना आन्दोलनकारी पक्राउ परेका छन् । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदेशमा करिब २९ प्रतिशत दलित जनसंख्या भएकोमा दलितलाई उपेक्षा गरेर बजेट र नीति तथा कार्यक्रम ल्याईएको भन्र्दै दलित समुदायलाई बजेटमा समेट्न माग राख्दै दलित लागि दलित आन्दोलन नेपालले शुक्रबार प्रदेश सभामा अगाडी धर्ना, प्रर्दशन दि.ईरहेका थिए ।

बजेटको नीति तथा कार्यक्रमदेखि नै असन्तुष्ट उनीहरुले दलितमैत्री बजेट नआएको भन्दै प्रदेशका मुख्यमन्त्रीसहितका अन्य मन्त्री र सांसदहरुलाई बाहिर निस्कन रोक लगाउँदै चर्को नारावाजी गरेका हुन् ।
लाठीसहित आक्रोसित बनेका उनीहरु र प्रहरीविच झडपहुँदा प्रदेश सभा अघि केहीबेर रणभूमीमा परिणत बनेको थियो । झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लखेट्न अश्रुग्यासको प्रयोग गरेको थियो ।