गैरसरकारी महासंघ सुर्खेतको अध्यक्षमा सारु

सुर्खेत । गैरसरकारी संस्था महासंघ नेपाल सुर्खेतको अध्यक्षमा प्रकाश सारु निर्वाचित भएका छन् । महासंघको शनिबार वीरेन्द्रनगर भएको १० औं जिल्ला अधिवेशनले सारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमप्रसाद रिजाल, सचिव विन्दुलाल रेग्मी, सह–सचिव रिता चन्द, कोषाध्यक्ष भूपेन्द्र कँडेल तथा सदस्यहरुमा महेन्द्रप्रसाद खनाल, अशोक राजी, कृष्णप्रसाद शर्मा, मायाराम जैसी, सरस्वती पन्त, तेज सोनाम, शान्ता भूसाल रहेका छन् ।

आउँदो बैठकमा एक रिक्त सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष सारुले जानकारी दिए । अधिवेशनले पाँच सदस्यीय महिला विभाग समेत गठन गरेको छ ।

महिला विभागको प्रमुखमा कृष्णा ओली तथा सदस्यहरुमा उमा भट्टराई, नन्दा श्रेष्ठ, लक्ष्मी बोहरा, धनसरा शाही रहेका छन् । त्यस्तै अधिवेशनले संस्थागत विकास तथा सशासन विभाग प्रमुखमा सहवीर सुनार तथा सदस्यमा सुधा रेग्मी, नन्दप्रसाद चौलागाई, प्रेम थापा र डिलाकुमारी कँडेललाई चयन गरेको छ ।

Translate »