कर्णाली नदीमा जिप दुर्घटना : चालकको मृत्यु

हुम्ला । सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जिप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदी खसेको हो ।

प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जिप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए । कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।

नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो ।

नदीमा खसेको जिपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाएएका थिए । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए। चालक बचेको भए प्रहरीले सम्मान गर्ने तयारी समेत गरेको थियो । (गोरखापत्र)

Translate »