अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालको शुरूआती उत्कृष्ट प्रदर्शन

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । सोही लक्ष्यलाई पछ्याइरहेको नेपालले शुरूआती चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले खेलको १०औं ओभरको समाप्तीमा एक विकेट गुमाउँदै ४८ रन जोडेको छ ।

खेलको चौंथो ओभरको अन्तिम बलमा नेपाली भरपर्दो ब्याट्सम्यान आशिफ शेख एलपीडब्लू धरापमा पर्दा नेपालले एक विकेट गुमाएको थियो ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनाएको थियो ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । आर्थिक अभियान

Translate »