सुर्खेतका सडकमै योग : युवादेखि बृद्धसम्म योगमा मस्त [फोटो फिचर]
सुर्खेत । आज अन्तर्राष्ट्रिय योग दिवस । ‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ सुर्खेतसहित देशैभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाईएको छ ।
योग दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरलगायतका विभिन्न ठाउँमा योग गर्नेहरुको घुइँचो लाग्यो । ती ठाउँमा आएकाहरू योगमा मस्त देखिन्थे । योग गर्न आउनेहरू युवादेखि बृद्धसम्म थिए । महिलाहरुको सहभागिता समेत उल्लेखनीय रहेको थियो ।
सुर्खेतमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अन्तर्राीष्ट्रय योग दिवसको अवसर पारेर सप्ताह व्यापी योगसँग सम्बन्धित विभिन्न क्रियाकलापहरु सम्पन्न गरेको छ ।
पूर्वीय चिकित्सा विधामा योग महत्वपूर्ण मानिन्छ । पछिल्लो समय भने अमेरिका र युरोपका देशहरूमा पनि योग गर्न थालिएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा मनाइन्छ ।