रेडियो नेपालका पूर्व कर्मचारी भट्टराईको निधन

काठमाडौं । रेडियो नेपालका पूर्व कर्मचारी विश्वनाथ भट्टराईको आज बिहान निधन भएको छ । उनी मुटुको बिरामी थिए। ६१ बर्षीय स्वर्गीय भट्टराईलाई गए राती मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

रेडियो नेपालबाट २०७७ साल जेठमा वरिष्ठ लेखा अधिकृत पदबाट अनिवार्य अवकाश पाउनु भएका स्वर्गीय भट्टराईले २०४६ साल वैशाखदेखि राष्ट्रिय कम्प्युटर केन्द्रबाट जागिर सुरु गरेका र २०५३ साल माघदेखि रेडियो नेपालसँग आबद्ध हुन् ।

स्वर्गीय भट्टराईको श्रीमती र एक जना छोरी हुन् । स्वर्गीय भट्टराईको निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले शोक व्यक्त गरेका छन् । स्वर्गीय भट्टराईप्रति रेडियो नेपाल परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Translate »