रुकुम पश्चिममा कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना

सुर्खेत । रुकुम पश्चिममा कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका–३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो ।

कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडीमा प्रदेशसभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमले जनाएको छ।

गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।

Translate »