हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना
प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन् । ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ । उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ । त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।
ट्राइग्लिसेराइड घटाउने खाना
१० पकाउने तेल दैनिक ५–१० ग्राम मात्र प्रयोग गर्ने । तेलमा सूर्यमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्ने।
२० चिल्लोमा तारेको खानाहरु जस्तै परौठा, समोसा, पुरी, दालमोठ आदि नखाने ।
३० प्रशोधित कार्बोहाइड्रेट जस्तै चिनी, गुड, जाम, मह, जूसहरु, चकलेट, मैदाका रोटीहरु, सुजी, सेतो पाउरोटी, विस्केटहरु चाउचाउ, माकारोनी आदि नखाने ।
४० कोक, फान्टा, पेप्सी जस्ता पेय पदार्थहरु नपिउने ।
५० अल्कोहलयुक्त पेय पदार्थ नपिउने ।
६० बटर, क्रिम, चिज, आईसक्रिम तथा अन्य क्रिमयुक्त खाना नखाने ।
७० बंगुर र खसीको मासु नखाने। बोसो नभएका कुखुरा र माछा खाए हुन्छ ।
८० धूम्रपान नगर्ने।
९० पूर्ण गहुँको पिठो (प्रशोधन नगरीएको), गहुँको रोटी, गेडागुडीहरु ओट आदि प्रशस्त प्रयोग गर्ने ।
१०० खस्रो चामल प्रयोग गर्ने।
११० सागपात, हरियो तरकारीहरु, फलफूल प्रशस्त खाने
यसका साथै नियमित व्यायाम गर्ने ।
( डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटु रोग विशेषज्ञ ) – स्वास्थ्य खबर