जुम्लामा करेन्ट लागेर एकको मृत्यु,चार घाइते

जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका(८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए ।

उनले भने ,‘लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेपछि करेन्ट लागेको हो । घाइते सबैको अवस्था सामान्य छ ।’

घाइते सबैको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ। घाइते हुनेहरूमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई रहनु भएको छ ।

सोमबार बेलुका ८ बजेर ५५ मिनेटमा उक्त घटना भएको प्रहरीको भनाई छ । घाइते सबैको सोमबार प्रतिष्ठानमा ल्याएको थियो । घटनास्थल तर्फ प्रहरीको टोली गएको मुचुल्का तयारी भइरहेको छ। पोष्टमार्टमका लागि शव कर्णाली प्रतिष्ठान ल्याइँदै छ । रेडियो नेपाल

Translate »