कर्णालीमा असार १५ गते सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लाका सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मिति २०७९ चैत २९ गतेको बैठकले कर्णालीका जुम्लाबाहेक नौ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।