देउती बज्यै मन्दिरमा बृहत सरसफाई


सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशले देउती बज्यै मन्दिरमा बृहत सरसफाई गरेको छ । महासंघले ७२ औं मदन भण्डारी जन्म जयन्ती दिवसको अवसर पारेर कर्णाली प्रदेशभरी सप्ताहव्यापी खेलकुद तथा विविध सामाजिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
विहीबार सुर्खेतको वीरेन्द्रनगर स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको महासंघ कर्णालीका अध्यक्ष सूरज थापाले बताए ।

बृहत सरसफाई कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बोगटी, कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, प्रदेश सचिव टेकराज पछाई, सुर्खेत जिल्ला कमिटी अध्यक्ष अमृत विसी, महासंघका केन्द्रिय सदस्य टिका विष्टलगायतको सहभागिता रहेको उनले जानकारी दिए ।
उनका अनुसार महासंघ सुर्खेतले कराते प्रतियोगिताको आयोजना गरेको थियो । हुम्लाले भलिवल प्रतियोगिता, जुम्लाले अण्डर १६ दौड प्रतियोगिता, कालिकोटले चेस गेम प्रतियोगिता एवं जाजरकोटले व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष थापाले बताए ।


