मलेसियामा साइकलबाट लडेर सल्यानका युवाको मृत्यु

सल्यान । सल्यान वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेसियामा मृत्यु भएको छ । डिउटीबाट फर्कँदै गर्दा बुधबार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए । वलीको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको थियो । मलेसियाको काजाङ्गमा साइकलबाट लडेर मृत्यु भएको मृतकका काका हिरालाल वलीले जानकारी दिए ।

१ वर्ष अघि मात्र मलेसिया गएका वलीका ३ छोरा र श्रीमती छन् । तत्काल मलेसियाबाट नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेका छन् ।

Translate »