रुकुम पश्चिममा ३ हजार ४ सय ७८ सवारीसाधन कारबाहीमा

रुकुम पश्चिम । रुकुम पश्चिममा ३ हजार ४ सय ७८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको साउन देखि जेठ सम्ममा ट्राफिक नियमको संकलन गर्ने सवारी सधान कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख एक्कबहादुर रोकायले बताए ।

उनका अनुसार कारबाही पर्ने सवारीसाधनमा ट्रक ३ सय १४, बस ३ सय ३२ र जीपकार, ४ सय ६ वटा रहेका छन् । त्यस्तै मोटरसाइकल १ हजार ८ सय ६५, ट्याक्टर ४ सय ६४ र टेम्पो ९५ रहेका छन् । जसबाट ३० लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाभर ६८ वटा सडक दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु र ९५ जना घाइते भएका छन् । रेडियो नेपाल

Translate »