गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको बिद्युतको पोल सर्पोटको लाछी छेउमा गाडिएको तार०(स्टे) मा छोइँदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको छन् । घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।