प्रधानमन्त्री ‘प्रचण्ड’ की पत्नीको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने सचिवालयले जानकारी दिएको छ ।