एमाले परीक्षामा उर्तिण पार्टी हो : उपमहासचिव ज्ञवाली


सुर्खेत । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमाले परीक्षा दिएर उत्तीर्ण भएको पार्टी भएकाले नयाँ र पुरानो पार्टीसँग तुलना गर्न उपयुक्त नहुने बताएका छन् । सुर्खेतमा आयोजित एमाले प्रचार तथा प्रकाशन विभागको चौथो बैठकलाई विहीबार सम्बोधन गर्दै उनले एमालेले सुरुवात गरेका योजना र विचार कहिल्यै असफल नभएको दाबी गरे ।


उनले एमालेसँग सही विचार बोक्ने पार्टी भएकाले सत्य कुरालाई योजनाबद्ध रुपले जनतासम्म पु¥याउन आवश्यक रहेको औल्याए । तर, अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दी जारी रहेकाले हरेक विषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी विदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्बद्ध प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनतामांझ पु¥याउन आवश्यक रहेको उनको उनको भनाइ थियो ।
कार्यक्रममा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यमलाल कँडेल, राजेन्द्र गौतम, गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, प्रचार विभाग सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आगामी योजनाका विषयमा धारणा राखेका थिए ।


