सुत्केरी व्यथाले थलिएकी हुम्लाको ताजाँकोटकी महिलाको हेलिकप्टरबाट उद्दार
हुम्ला । तीनदिन देखि सुत्केरी व्यथाले थलिएकी हुम्लाको ताजाँकोट गाउँपालिकाबाट एक महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
महिला स्वास्थ्यचौकीमा भर्ना भएकी ताजाँकोट गाउँपालिका–३, कि १९ वर्षिय मनपुरा मल्ल हमाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
महिला स्वास्थ्य चौकीले प्रयास गरेपनि सु त्केरी गराउन नसकेपछि एयर लिप्टिङ गरेर कर्णाली प्रदेशस्थित प्रादेशिक अस्पताल सुर्खेत ल्याईएको छ ।
राष्टपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरबाट मल्लको उद्दार गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्ला, ताजाँकोट गाउँपालिकाको प्रयासपछि महिलाको उद्दार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।