कर्णाली प्रदेश प्रमुख परियारद्वारा प्रशिक्षण प्रतिस्ठान विधेयक प्रमाणिकरण

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रशिक्षण प्रतिस्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका छन् ।
नेपालको संबिधान धारा २०१ को उपधारा २ बमोजिम प्रमुख परियारले विहीबार विधेयक उक्त विधेयक प्रमाणिकरण गरेका हुन् ।

विधेयक प्रमाणिकरण भएसँगै अब कर्णाली प्रदेश सरकारलाई प्रदेश प्रशिक्षण प्रतिस्ठान (स्थापना र सञ्चालन) गर्ने बाटो खुलेको छ ।