एमाले जनताको आशा र भरोसाको पार्टी हो : अध्यक्ष ओली


नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेपाली जनताको आशा र भरोसाको पार्टी भएको बताएका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा शनिबारदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमाले मात्र देशलाई अगाडि बढाउन सक्ने पार्टी भएको जनाए ।

उनले भने, ‘नेकपा एमाले बाहेक अब अर्को कुनै पार्टी विकल्प छैन ।’ नेकपा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने भन्नुहुँदै उहाँले एमाले मिसन २०८४ मा केन्द्रित भएको पनि बताए ।

अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको भन्दै सरकार केवल स्टन्टबाजीमा मात्र उत्रेको जनाए । एयरपोर्ट बाहिर केही दिन अघि बरामद गरिएको ठूलो परिमाणको सुनप्रति लक्षित उनले सरकारको जानकारी विना उक्त काम हुन नसक्ने दाबी गरे ।
भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् ।


