रुकुम पश्चिममा ७ वटा बेवारिसे भरुवा बन्दुक भेटियो

रुकुम पश्चिम ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा बेवारिसे भरुवा बन्दुक फेला परेको छ  ।  ग्याम खोलास्थित जंगलको बीचमा रहेको ढुङ्गेओढारमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।  प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार भरुवा बन्दुक भएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह ३ बजेतिर फेला पारेको हो  ।  कार्यालयदेखि करिब १५ किलोमिटर टाढाको स्थानमा फेला पारिएका अवैध हतियार बरामदपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको र यसबारे थप अनुसन्धान अघि बढेको पनि श्रेष्ठले बताए । (इकान्तिपुर)

Translate »