अधिवक्ता भगवती पाण्डे पक्राउ


काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।
नेपाल तामाङ संघ, नेपाल मगर संघ लगायतका संस्थाले उजुरी दिएपछि केहीदिन अघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।
अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

