सल्यानमा छोराले गरे आमाको हत्या

सल्यान । सल्यानमा मंगलबार बिहानै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्नो सल्यानचौर निवासी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।नवीनले बिहान ४ बजेतिर आमाबुबा सुतिरहेको कोठामा गइ पैंयाको लट्ठी प्रहार गरी आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । पैंयाको लट्ठी प्रहार गर्दा भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको उनले जानकारी गराए ।उनका अनुसार स्थानीय ओपेन्द्र भण्डारीले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी हबल्दार कुलराज चौधरीको कमाण्डमा खटिएको तीन जनाको टोली घटनास्थलमा खटिइ नवीनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ गरेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याएको छ । हत्याको कारण खुल्न नसकेको उनले जानकारी गराए ।
अहिले घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगी घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइँदै छ । (इकान्तिपुर)

 

Translate »