२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 26, 2026

नालामा बेपत्ता किशोरको शव फेला



बाँके । खजुरास्थित जेठिनालामा बेपत्ता भएका १६ वर्षीय किशोरको शव फेला परेको छ । तीन दिनको वर्षापछि खजुरा गाउँपालिका वडा नं. ७ स्थित जेठिनालामा आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँपालिका वडा नं‍. ६ शान्तिनगर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय विकास सुनार बुधबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सुनार बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएका प्रहरी टोली र सशस्त्र प्रहरी टोलीले उनलाई खोजिरहेको थियो । बेपत्ता भएका सुनार शुक्रबार बेलुका तीन दिनपछि मृत्यु अवस्थामा शव भेटिएको खजुरा गाउँपालिका स्थानीय युवा बिकास सापकोटाले जानकारी दिए।

जेठिनालामा रहेको जामुनको रुखको जरामा शव अल्झिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धनौलीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेको नेतृत्वमा उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायत खटिएका थिए । रेडियो नेपाल

प्रकाशित मिति : २०८० साउन २७ गते शनिबार
Translate »