नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सोमबार सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
एसएसपी कार्कीले भने, ‘शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा उहाँहरुलाई रुपन्देहीबाट पक्राउ गरिएकाे हो । अहिले उहाँहरुलाई काठमाडौं ल्याइरहेका छौं । एक जना ल्याइसकेका छौ अन्य ५ जनालाई ल्याइरहेका छौं । पक्राउ पर्ने सबै सिटिजन्स बैंकको हो की होइन भन्ने कुरा काठमाडौं आइपुगेसी थाहाँ हुन्छ ।’ नागरिक न्यूज