प्रदेश स्थापना दिवसको पूर्वसंध्यामा बृक्षारोपण

सुर्खेत । कर्णाली सरकारले प्रदेश स्थापना दिवसको पूर्व संध्यामा बृक्षारोपण कार्यक्रम गरेको छ ।

प्रदेश सरकारले डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसर भित्र आज रुद्राक्ष, कपुर, तेजपत्तालगायत विभिन्न २२ जातका विरुवाको बृक्षारोपण गरेको हो ।

मुख्यमन्त्री राजकुमार शर्माको अगुवाईमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलगायत ६ जना मन्त्रीले बृक्षारोपण गरेका हुन् ।

प्रदेश सरकारले भदौ ४ गते प्रदेश स्थापनासँगै शहीद दिवस र नाग पञ्चमी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको छ ।

प्रदेश प्राप्तिको आन्दोलनमा शहीद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा शहीद दिवस समेत मनाइने कार्यक्रम रहेको छ ।

कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

Translate »