राप्रपा (नेपाल) वीरेन्द्रनगरको अध्यक्षमा पौडेल
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) सुर्खेत वीरेन्द्रनगरको अध्यक्षमा तुलाराम पौडेल निर्वाचित भएका छन् ।
आइतबार राप्रपा नेपाल वीरेन्द्रनगरको भेलाले अध्यक्ष पौडेलको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति निर्वाचित निर्वाचित गरेको हो ।
भेलाले समितिको उपाध्यक्षमा पञ्चकला शाही, कुलपति पराजुली र विमल शाही, सचिव शारदा शाही, कोषाध्यक्षमा हरिभक्त पंगाली तथा सदस्यहरुमा तुलाराम न्यौपाने, पूर्णप्रसाद न्यौपाने, चन्द्रप्रसाद सापकोटा, खड्कबहादुर शाही, माधव रिजाल, बालाराम ज्ञवाली, हरिलाल रोकाय, सुन्तली सार्की, देवीसरा विक, रामप्रसाद भुसाल, रमेश देवकोटा, अंगत विष्ट, होमप्रसाद कँडेललाई निर्वाचित गरेको छ ।
सोही अवसर पारेर राप्रपा कर्णाली प्रदेशका सचिव सूर्यबहादुर शाहीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि ८० जना राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका कर्णाली प्रदेश इन्चार्ज ईश्वरकुमार श्रेष्ठले स्काई न्यूजलाई जानकारी दिए ।
सो अवसरमा कर्णाली ई्रन्चार्ज तथा प्रमुख अथिति श्रेष्ठ, केन्द्रिय सदस्य मानबहादुर बुढा, राप्रपा नेपाल जिल्ला अध्यक्ष जीवन चन्दले नवनिर्वाचिन कार्यसमितिलाई हार्दिक बधाई सहित पार्टीमा नव प्रवेशीलाई चट्टानी स्वागत गरेका थिए ।
आईतबार नै राप्रपा नेपाल टे«ड यूनियन सुर्खेतको अध्यक्षमा युवराज पुन चयन भएका छन् । यूनियनको उपाध्यक्षमा जीवन राना, सचिव प्रेम ओली तथा सदस्यहरुमा नरेश मगर, उत्तम मगर, राजन ओली, मनोज मगर रहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतको अध्यक्षमा पवन खड्का, उपाध्यक्ष विवश क्षेत्री तथा सदस्यहरुमा पारस राना, भूपेन्द्र मगर, विनोद पाण्डे, विकास मगर, सन्दीप बुढा एवं नविन शाही रहेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा सुर्खेतको अध्यक्षमा अमृत मल्ल चयन भएका छन् । मोर्चाको उपाध्यक्षमा कवि लामा, सचिव कमल उपाध्याय तथा सदस्यहरुमा सोनम लामा, सन्दीप बस्नेत, प्रिजेन्ट अधिकारी एवं विकास घर्तिमगर चयन भएको कर्णाली प्रदेश ईन्चार्ज ईश्वरकुमार श्रेष्ठले स्काई न्यूजलाई जानकारी दिए ।