‘जनस्तरमा एमालेप्रतिको बढ्दो आकर्षण’

सुर्खेत । कर्णाली प्रदेशमा कार्यक्षेत्र भएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरुले पार्टीमा कर्णालीका दशवटै जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको बताएका छन् । पार्टीका प्रदेश इन्चार्ज समेत रहेका सचिव लेखराज भट्टको अध्यक्षतामा मंगलबार सुर्खेतमा शुरु भएको बैठकमा आफ्नो भनाई राख्दैं सबै केन्द्रीय सदस्यहरुले गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका कारण परिणाम सन्तोषजनक नआएपनि जनस्तरमा एमालेप्रतिको बुझाई राम्रो भएको दावी गरेका छन् ।

‘स्थानीय नेताहरु बीच अधिकांश जिल्लामा देखिएका अन्तर बिरोधहरुको हल गर्दै संस्थागत विधि र पद्धतीमा पार्टीका गतिविधि सञ्चालन गर्ने हो भने समानुपातिक मतमा पहिलो भएको हाम्रो पार्टी एमाले प्रत्याक्ष निर्वाचनमा पनि सन्तोषजनक परिणाम ल्याउने हैसियतमा छ,’ बैठकमा केन्द्रीय सदस्यहरुको भनाई उदृत गर्दै पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पार्टी प्रचार तथा प्रकाशन विभागका केन्द्रीय सहजकर्ता निरज आचार्यले भने, ‘‘बैठकको पहिलो दिन प्रदेशका आठ वटा जिल्लामा कार्य क्षेत्र भएका केन्द्रीय सदस्यहरुको रिर्पोटमा पार्टीप्रतिको आकर्षण बढ्दै गएको उल्लेख छ ।’

हरेक केन्द्रीय सदस्यलाई आ–आफ्नो कार्यक्षेत्रको रिर्पोटिङसहित पार्टी संगठनलाई थप बलियो र मजवुत बनाउन गर्नुपर्ने कामका बारेमा सुझाव राख्न दिएको १० मिनेटमा आफ्ना धारणा राखेका केन्द्रीय सदस्यहरुले कर्णाली प्रदेशका मतदाता, कार्यकर्ता र शुभेक्षुकमा पार्टीप्रतिको लगाव राम्रो भएपनि नेताहरु बीचको अन्तरविरोधका कारण पार्टीको आन्तरिक जीवनमा केहि समस्या सृजना भएको धारणा राखेका थिए ।
कर्णालीका दशवटै जिल्लामा पार्टीलाई पहिलो नम्बर बनाउन सबै नेताहरुले व्यक्तिगत समूह निर्माण गरेर केन्द्रीय नेताहरु भेट्ने, सोही आधारमा पार्टीको रिर्पोटिङ गर्ने र नेताहरु बीच बढ्दै गएको व्यक्तिगत आलोचनालाई कम गर्दै संस्थागत निर्णय गर्ने पद्धतिको विकास गर्न माग गरेको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पार्टी स्कुल विभागका केन्द्रीय सहजकर्ता विष्णु रिजालले जानकारी दिए ।

वीरेन्द्रनगरमा जारी पहिलो दिनको बैठकमा हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, सल्यान र रुकुमपश्चिमा कार्यक्षेत्र बनाएका केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यहरुबाट आ–आफ्ना धारणा राख्ने काम भएको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद शाहले जानकारी दिए । उनका  बैठकमा सुर्खेत र दैलेख जिल्लामा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य, स्थायी कमिटि सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीले आ–आफना् भनाई राखेपछि पार्टी सचिव लेखराज भट्ट र महासचिव शंकर पोखरेलले निर्देशनात्मक संवोधन गरेका थिए ।

Translate »