कर्णालीको विकासमा गैरसरकारी संस्थाहरुको योगदान प्रसंशनीय छ : उपाध्यक्ष शाही
सुर्खेत । प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले कर्णालीको विकासमा सरकार जत्तिकै महत्वपूर्ण योगदान गैरसरकारी संघसंस्थाहरुको रहेको बताएका छन् । सुन्दर नेपाल संस्था, सुर्खेतको शुक्रबार २७औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कर्णालीमा व्याप्त गरिबी, अभाव र असमानता हटाउन प्रदेश सरकार र गैरसरकारी संघसंस्थाहरु बीचको सहकार्यमा जोड दिए ।
उपाध्यक्ष शाहीले कर्णालीमा समस्या मात्र नभई ती समस्या समाधान गर्न अथाह स्रोत र सम्भावना रहेको धारणा राखे । ‘जलस्रोत, पर्यटन, जडिबुटी, खानीखनिजपदार्थका दृष्टिले हामी धनी छौं, त्यसको समुचित प्रयोगमा ध्यान दिनु पर्नेछ,’ उनले भने, ‘कर्णालीक रिडोर, भेरी करिडोर जस्ता ठूला गेमचेञ्चर आयोजना समयमै सम्पन्न गर्न संघीय सरकार सकारात्मक छ, प्रधानमन्त्रीले पटकपटक प्रतिवद्धता जनाएपछि हामी पनि उत्साही छौं ।’
उनले कर्णालीका जनताको समस्या समाधानमा सुन्दर नेपाल संस्थाले पु¥याएको योगदानको प्रसंशा गर्दै भने, ‘खानेपानी, स्वास्थ्य तथा सरसफाई, जीविकोपार्जनमा सुधार, कृषि, सामाजिक विभेद न्यूनीकरणजस्ता क्षेत्रमा राम्रो कार्य गर्दै आएको छ, अझैं राम्रो कामगर्ने विश्वास व्यक्त गर्दछु ।’ साथै उनले कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना निर्माणको चरणमा रहेको र योजजना आयोग निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए ।
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफूहरु नपुगेको बस्तीमा सुन्दर नेपाल पुगेको खुसी व्यक्त गरे । भेरीगंगाका अति विकट बस्तीको पूर्वाधार विकास र सामाजिक रुपान्तरणमा पु¥याएको महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले स्थानीय गैरसरकारी संस्थाहरुको क्षमतालाई दातृ निकायले विश्वास गर्न नसकेको विचार व्यक्त गरे । ‘स्थानीय गैससलाई कतिपय दातृ निकायले विश्वास नगरेको देखिन्छ, हामीले दातृ निकायको ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।
साधारणसभाको उद्घाटन सत्रमाजिल्ला समन्वय समिति सुर्खेतका सदस्य चन्द्राकुमारी धामी, राष्ट्रिय सहकारी महासंघका जिल्लाअध्यक्ष अमृत बिसी, राष्ट्रिय कृषक समूह महासंघमा कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसी, समाजजागरण केन्द्र (स्याक) कोषाध्य क्षशोभा तिवारी, नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपसभापति प्रदिप्त पौडेल, एकल महिला समूहका ममता नगाल, केपी मल्टिपल व्यवसायी केन्द्रका कृष्णप्रसाद ढकाल, लाभान्वित समूहकोतर्फबाट गैरीटोल विकास संस्थाका उषा पुरेलले शुभकामना मन्तव्य दिएका थिए ।
साधारण सभाका अवसरमा सुर्खेतका सामाजिक तथा साहित्यिक व्यक्तित्व डा नवराज केसी, सुन्दर नेपाल संस्थाका कर्मचारीहरु ओमप्रकाश थापामगर र गोमाहमाललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षता र कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले सञ्चालन गरेको साधारणसभामा स्वागत मन्तव्य पूर्णा सापकोटाले गरेकी थिइन् ।
साधारणसभामा संस्थाका सचिव हिरामणि पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मायाकुमारी सापकोटा लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सुन्दर नेपाल संस्थाले हाल कर्णाली प्रदेशका साथै लुम्बिनी र सुदुरपश्चिमप्रदेशका २७जिल्लामा विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।