बर्दिया कारागारबाट कैदी फरार

गुलरिया । बर्दिया कारागार कार्यालयको छतबाट हामफालेर कैदी फरार भएका छन् ।
कारागारको छतबाट हामफालेर पर्खालबाट कैदी अजिब बुढाक्षेत्री भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराजशाहीले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षकका अनुसार फरार भएका बुढाक्षेत्रीलाई खोजतलासगर्न व्यापकप्रहरी परिचालन भएको छ। ठाकुरबाबा नगरपालिका–८ का अजिब बुढाक्षेत्री आइतबार बिहान ३ बजे कारागारबाट फरार भएका हुन् । बुढाक्षेत्रीले दोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएका छन्।
बुढाक्षेत्रीले २०७२ साल चैत ५ गते राती घरमा सुतिरहेका ६९ वर्षिय जोरे थापालाई गड्सा प्रहार गरि हत्या गरेका थिए । हत्या गरेको आरोपमा प्रहरीले बुढाक्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो ।

२५ औं दिनमा बयानको लागि अदालत लैजाँदा शौचालय गर्न जान्छु भनि अदालतको शौचालयको भेन्टिलेशन भत्काएर प्रहरीलाई झुक्काएर बुढाक्षेत्री फरार भएका थिए । फरार भएलगत्तै खोजतलास गरेपनि पक्राउ गर्न प्रहरी असफल भएको थियो ।
फरार भएका बुढाक्षेत्रीलाई प्रहरीले ७ वर्षपछि गतवर्ष कार्तिकमा पक्राउ गरेको थियो । २०७३ सालपौष २४ गते जिल्ला अदालतले गरेको आदेशले कर्तव्य ज्यान मुद्दामा बुढाक्षेत्रीलाई १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दासमेतमा गरी ३० बर्ष कैद सजाय तोकिएको थियो ।