रेडक्रसको ६१ औं स्थापना दिवस मनाईयो


सुर्खेत । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘डेंगी सचेतना ¥याली’ निकालिएको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगरको मंगलगढी चोकदेखि शुरु भएको सचेतना ¥याली सुर्खेत आँखा अस्पतालको सभाहलमा पुगेर रेडक्रसका सप्ताहव्यापी विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराईएको थियो ।
सभामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले मानवताका लागि रेडक्रसले पु¥याउँदै आएको सेवाभाव अतुलनिए रहेको बताए । उनले कर्णाली प्रदेश सरकार रेडक्रससँग मिलेर आँखा उपचार सेवा मात्र नभई अन्य मानवहितका क्रियाकलापमा समेत सहकार्य तथा समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संका अध्यक्ष लक्ष्मण कँडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत नीजि क्षेत्र रेडक्रससँग मानव भलाईका लागि गरिने हरेक गतिविधिमा हातेमालो गर्न तयार रहेको जिकिर गरे ।
वि.सं २०२० साल भदौं १९ गते रेडक्रस अभियान अंगको रुपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।
रेडक्रसले यसै दिनको अवसर पारेर मानवीय सेवार्थ खटिने स्वयंसेवकहरुको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरुको बारेमा अन्तरक्रिया, डेंगी रोग सम्बन्धि सचेतना कविता प्रतियोगिता, प्लेकार्ड, व्यानर, पम्पलेट, निःशुल्क आँखा चेकजाँच एवं सबै भन्दा बढी रगत संकलन गर्ने पाँच वटा संस्थालाई सम्मान गरिएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले बताए ।


उनले सुर्खेतमा २० वटा उपशाखा र एक सय बढी जुनियर युवा रेडक्रस सर्कल मार्फत तेजीले फैलिरहेको डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि व्यापक जनचेतना फैलाउने कार्य भईरहेको जानकारी दिए ।
यता जिल्ला जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगी रोगका फोकल पर्सन उदय विसीले पछिल्लो ५१ दिन यता जिल्लामा ६२ जना डेंगीबाट प्रभावित मध्ये ४ जना अहिलेपनि उपचारत रहेको बताए । रेडक्रसका प्रदेश, जिल्ला शाखाहरुसँगै जुनियर सर्कल मार्फत डेंगी रोगथाम तथा नियन्त्रणका लागि सचेतनामूलक गतिविधिहरु प्रदेशभर सञ्चालन भईरहेको रेडक्रस कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले जानकारी दिए ।

रेडक्रसको स्थापना दिवसमा आयोजित डेंगी रोग नियन्त्रणमा जुनियर युवाको भूमिका बारे कविता प्रतियोगितामा श्री नेरा चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालका छात्रा सुनिला थापा प्रथम, श्री एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कालागाउँका छात्र गिनिज अधिकारी द्वितीय र श्री शिव माध्यमिक विद्यालय धुलियाविटका छात्रा सन्जिता परियार तृतीयलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । आतिथ्य सर्कलबाट श्री हरिडिल भूमि मावि तातापानीका प्रधानाध्यापक इन्द्र हमाललाई समेत सम्मान गरिएको हो ।

कार्यक्रममा स्वैच्छिक रक्त संकलन कार्यमा संलग्न ५९ वटा संस्थाहरु मध्यें सबै भन्दा बढी रक्त संकलन गर्ने सुर्खेत उद्योग वाणिज्य संघ प्रथम, गुर्भाकोट ग्यालरी मेहलकुना द्वितीय, नेप्लिज योङ्ग इन्टरप्रेनिओर्स फोरम सुर्खेत तृतीय, शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड चतुर्थ एवं नेपाल वीमा प्राधिकरण कर्णाली प्रदेश पञ्चम स्थान हासिल गर्न सफल भएको छ । उनीहरुलाई कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सम्मान गरेका थिए ।


